site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यका पाँच कर्मचारी पुरस्कृत, दार्चुलाकी अनमी विष्ट उत्कृष्ट 
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य सेवा दिवसका अवसरमा पाँच कर्मचारी पुरस्कृत भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार एकजनालाई उत्कृष्ट र चारजनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । 

उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार पाउनेमा जिल्ला अस्पताल दार्चुलामा कार्यरत सिनियर अनमी बबिता विष्ट छिन् । उनलाई एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको छ । 

यस्तै, कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई जनही ५० हजार रुपैयाँ राशीले पुरस्कृत गरिएको हो । 

स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न विधाका स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत गर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro