काठमाडौं । गायक तथा संगीतकार भक्तराज आचार्यको अन्तिम श्रद्धाञ्जलीका लागि ठूलो संख्यामा कलाकार तथा राजनीतिज्ञ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेका छन् ।
अन्तिम श्रद्धाञ्जली दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेन, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत राजनीतिज्ञ प्रतिष्ठान पुगेका छन् ।
कलाकारहरू नीर शाह, हरिहर शर्मा, हरिबंश आचार्य, दीपाश्री निरौला, जितु नेपाल, संगीतकार शम्भुजित बास्कोटा, वसन्त सापकोटा, गायक आनन्द कार्की,अन्जु पन्तलगायत ठूलो संख्यामा कलाकर्मी तथा शुभेच्छुक अन्तिम श्रद्धाञ्जलीका लागि प्रतिष्ठान पुगेका छन् । आचार्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ । उनको हिजो दिउँसो ८१ वर्षको उमेरमा निधन भएको थियो । साढे चार सयभन्दा धेरै गीत गाएका भक्तराजका दर्जनौँ गीत लोकप्रिय छन् ।