site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बच्चा चाेरी गर्ने अवस्थामा कोही किन पुग्छन् ?
SkywellSkywell

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट फागुन ११ गते भएको शिशु चोरीको घटनालाई लिएर यतिखेर विभिन्न कोणबाट बहस सृजना भएको छ ।

एकातिर घटनालाई अपराधसँग जोडेर प्रहरी अनुसन्धान अघि बढाइएको छ भने अर्कोतर्फ एक महिलाका लागि सन्तान नहुँदाको पीडा र यसको मनोसामाजिक पक्षलाई लिएर तर्कहरु बाहिर आएका छन् ।  परोपकार प्रसूति अस्पतालका निर्देशक तथा वरिष्ठ स्त्रीरोग अस्पताल डा. श्रीप्रसाद अधिकारी पछिल्लो घटनालाई मनोसामाजिक कोणबाट केलाउनु आवश्यक रहेको बताउँछन् । 

KFC Island Ad
NIC Asia

विवाहको केही वर्ष बित्दा सन्तान नहुने समस्यालाई महिलासँग मात्रै जोडेर हेर्ने सामाजिक अभ्यासले यस्ता घटना निम्तिने गरेको उनको अनुभव छ ।  पछिल्लो घटनामा पनि चोरी गर्ने महिलामा निःसन्तानपनको मानसिक पीडा र विक्षिप्तता रहेको हुनसक्ने उनको बुझाइ छ । 

निःसन्तानपनलाई महिलाको कमजोरीको रुपमा लिने वा लाञ्छना लगाउनेभन्दा समाधानका लागि परिवार र आफन्तबाट साथ हुनुपर्ने उनी बताउँछन् ।  डा. अधिकारीका अनुसार सामान्यतः दम्पतीले परिवार योजना बनाएको निरन्तर एक वर्षसम्म पनि गर्भधारण नहुनुलाई निःसन्तानपनको रुपमा लिन सकिन्छ । 

यसमा एक तिहाइ पुरुष र एक तिहाइ महिलाको भूमिका रहन्छ । बाँकी एक तिहाइको कारण भने पहिचान हुन सक्दैन ।  महिलामा तीस वर्षको उमेरपछि सजिलै गर्भ रहने सम्भावना कम हुँदै जान्छ । यस्तै  माटोपना, पाठेघरमा ट्युमर, अण्डाको क्षमता कमजोर हुनुजस्ता कारणले निःसन्तनापन हुन सक्छ । 

पुरुषमा शुक्रकिट कम हुने, शुक्रकिटको क्षमता ह्रास हुने, यसको आकारप्रकार सामान्य नहुने जस्ता कारणले सन्तान नहुन सक्छ । यस्तै पछिल्लो समय बदलिँदो जीवनशैली, खानपानमा सन्तुलन नहुनु, मदिरा तथा धुमपानले पनि निःसन्तानपन निम्त्याइरहेको उनको अनुभव छ । 

तर निःसन्तानपनका लागि आईभीएफलगायतका विभिन्न वैकल्पिक उपचार पद्धतीहरु विकास भइसकेकाले पारिवारिक तनाव सृजना गर्नुभन्दा उपचार र परामर्श सेवा लिनुपर्ने डा. अधिकारीको जोड छ । 

उनका अनुसार आम दम्पतीमा ३ देखि ५ प्रतिशतलाई मात्रै आईभीएफ उपचार चाहिन्छ । प्रसुति गृहको निःसन्तान ओपीडीमा दैनिक ४० देखि ६० जना उपचारका लागि आइपुग्छन् । यसरी आउनेमा ५ देखि ७ प्रतिशतलाई मात्रै आईभीएफ चाहिन्छ  । 

 

निःसन्तान दम्पतीमध्ये केहीलाई सामान्य उपचारबाट पनि ठिक हुन्छ । केही महिलामा महिनावारी नियमित हुने औषधिले त केहीमा मोटोपन घटाउँदा पनि गर्भ रहने गरेको उनी बताउँछन् । 

प्रस्तुत छ–निःसन्तानपन, यससँग जोडिएका मनोसामाजिक पक्षहरुलगायतका विविध विषयमा बाह्रखरीकर्मी अस्मिता रिजालले डा. अधिकारीसँग गरेको भिडियो कुराकानी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro