site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुटवलमा सेरेसको नयाँ सोरुम सञ्चालनमा

काठमाडौं । विद्युतीय सवारी कम्पनी सेरेसले बुटवलको कालीका नगरमा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

नेपालमा सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरसिपका लागि ईएम मोटर्ससँग साझेदारी गरेको हो ।

सोरुमले सेरेसको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीको भनाइ छ ।

उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराई, एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाइरेक्टर राजेश घिमिरे सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro