site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चौतर्फी सुरक्षा घेराबीच कसरी संसद् भवन छिरे लघुवित्तपीडित ?

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनभित्र सोमबार लघुवित्तपीडित छिरेका छन् । संसद् भवनको चारैतिर तैनाथ गरिएको सुरक्षा घेरा तोडेर पीडितहरू भित्र नै छिरेका हुन् ।

भित्र छिरेकाहरूमध्ये ४८ जना महिला र एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गेटमा भित्रबाट बोलाएको भन्दै सुरक्षाकर्मीलाई झुक्काएर उनीहरू भित्र छिरेको देखिएको छ ।

Dabur Nepal
NIC Asia

गेटभित्र छिरेपछि भने नाराजुलुस गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ । भवनभित्र छिरेकालाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे नै परेको थियो । उनीहरूलाई नियन्त्रणमा लिन संसद् सचिवालयका मर्यादापालक समेत निस्किनु परेको थियो ।

उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रमुख एआईजी दिपक थापाका अनुसार उनीहरू दुई/तीनजना जम्मा भएर गेटबाट भित्र छिरेको खुलेको छ ।

“आज बानेश्वर क्षेत्रमा उनीहरूको कुनै प्रदर्शन थिएन । तर, एकाएक भित्रबाट बोलाएको छ भनेर दुई/तीनजना जम्मा भएर गएको देखियो । हामी थप अनुसन्धान गर्दैछौँ,” एआईजी थापाले भने ।

संसद् भवनभित्र प्रदर्शनकारी छिर्नुलाई गम्भीर सुरक्षा कमजोरी मानिएको छ । नियन्त्रणमा लिएकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro