site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट प्रथम राष्ट्रपति यादव सम्मानित
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादव महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार, २०८० बाट सम्मानित भएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको १०३औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा यादवलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरे । 

वर्तमान संविधान निर्माणका क्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्ने महत्त्वपूर्ण योगदान पुर्‍याएबापत् प्रथम राष्ट्रपति यादवलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले जनाएको  छ । 

यस्तै, महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मानबाट लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मानबाट समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मानबाट संगीत साधक सरिता मिश्र सम्मानित भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro