site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंंकहरूसँग पर्याप्त तरलता छ, प्रणालीमा समस्या छैन : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् ।

शनिबार बनेपामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नभएको बताएका हुन् ।

अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको उनले उल्लेख गरे । “बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन् । यसबाहेक सीआरआर र एसएलआर गरेर १७÷१८ खर्ब तरल सम्पत्ति छ,” उनले भने, “पछिल्लो समय बैंकहरू डुब्न लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् । तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ।”

उनले बैंकहरू सबल र सुरक्षित रहेको पनि बताए । पाँच लाख रुपैयाँसम्मको निक्षेपको बिमा पनि हुने भएको भन्दै उनले पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको जिकिर गरे ।

नेपालको सन्दर्भमा तरलताका हिसाबले बैंकहरू सबल अवस्थामा रहेको केसीले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro