site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नक्कली’ नोटसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नक्कलीजस्तो देखिने एक हजार दरका ६ थान नोटसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२, कपनमा बस्दै आएका रामेछापका १९ वर्षीय कमल भुजेल र मकवानपुरका १९ वर्षीय साजन वाइबा छन् ।

एक हजार दरका तीनथान उक्त नोटसहित भुजेललाई प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा साजनलाई समेत सोही दरका तीनथान उक्त नोटसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro