site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
समूह चरणमा शतप्रतिशत नतिजासहित नेपाल सेमिफाइनलमा 

काठमाडौं । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को समूह चरणमा शतप्रतिशत नतिजासहित नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । 

शनिबार राति साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा सम्पन्न समूह ‘बी’ को खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराएको हो । नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै, रेखा पौडेल र गीता रानाले गोल गरिन् । 

Dabur Nepal
NIC Asia

खेलको ४०औँ मिनेटमा सावित्राले गोल गरेपछि पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको थियो । ५९औँ मिनेटमा रेखाको गोलमा नेपालले अग्रता दोब्बर बनायो । ७८औँ मिनेटमा सावित्राले नै गोल गरेपछि नेपालले अग्रतालाई ३–० मा पुर्‍याएको थियो ।

यस्तै, इन्जुरी समयमा गीताले पेनाल्टीमा गोल गरेपछि नेपालले ४–० को जित सुनिश्चित गरेको हो ।

जितसँगै सेमिफाइनल प्रवेश गरेको नेपालले अब फाइनल प्रवेशका लागि लेबनानसँग खेल्ने छ । नेपाल समूह ‘बी’ को विजेता र लेबनान समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । यी दुई टिमबीचको खेल २७ फेब्रुअरीमा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro