site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनता नै सर्वोपरि भएको बताएका छन् । शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश दिएका हुन् ।

आफ्नो विरोध गर्ने व्यक्तिहरूलक्षित उनले फेसबुकमा एउटा स्ट्याटस पोस्ट गरेका छन् । ढाल्न, पाल्न सक्ने तागत जनतासँग मात्र भएको उनले त्यसमा उल्लेख गरेका छन् ।

Dabur Nepal
NIC Asia

कपिलवस्तु भन्दै पोस्ट गरिएको राजनीतिक सभासहितको तस्बिरसँगै उनले जनताबाहेक अरूले केही गर्न नसक्ने जनाएका छन् ।

“ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ । जनताबाहेकका  अरू ‘जो कसैले’ रहर गरेर हुन्न... सक्दैनन्...,” उनले फेसबुकमा लेखेका छन्, “धन्यवाद, कपिलवस्तु ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro