site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मधेसको विकासमा निरन्तर लाग्नेछु : प्रधानमन्त्री

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन् । उनले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गरे ।

सिरहा नगरपालिका–१३, मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६, कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुंगे पुलको उद्घाटन कार्यक्रममा उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Dabur Nepal
NIC Asia

तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले योपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । उनले भने, “अब संघीयता सबल रूपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।”

प्रधानमन्त्री प्रचण्डले तीन तहका सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे । नेपालको भूगोलअनुसार झोलुंगे पुलको महत्त्व रहेको उनले उल्लेख गरे । देशका विभिन्न स्थानमा झोलुंगे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको उनले बताए ।

निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले अरू पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए ।

नेपालकै सबैभन्दा लामो यो पुलको लम्बाइ एक हजार ५००.४४ मिटर छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro