काठमाडौं । रास्वपा सांसद विराजभक्त श्रेष्ठले नेपाली कांग्रेसलाई देश ठूलो कि पार्टी भन्दै प्रश्न उठाएका छन् । उनले संसद् क्यालेन्डरअनुसार सञ्चालन भइरहेको भन्दै पार्टीको कार्यक्रम छ भनेर संसद्मा अनुपस्थिति हुन पाइन्छ भन्दै प्रश्न उठाएका हुन् ।
“म नेपाली कांग्रेसका सांसदहरूलाई सोध्न चाहन्छु देश ठूलो कि पार्टी,” श्रेष्ठले भने, “संसद्को क्यालेन्डर प्रकाशित छ । तपाईंहरूसँग छैन भने हामी फोटोकपी उपलब्ध गराउँछौँ । संसद्को क्यालेन्डर हुँदाहुँदै पार्टीको कार्यक्रम छ भनेर गोदावरी जाने ?”
संसद्मा प्रतिपक्षी एमालेका सांसद हलबाहिर निस्किएर गणपूरक संख्याको प्रश्न उठाउँदै प्रतिपक्षले नाटक मञ्चन गरेको भन्दै कांग्रेस सांसद राजेन्द्र केसीले प्रश्न उठाएपछि प्रतिवादमा श्रेष्ठले बोलेका हुन् ।