site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चन्द्रमामा यान अवतरण गराएर अमेरिकी कम्पनीले बनायो इतिहास

काठमाडौं । एक अमेरिकी कम्पनी चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउन सफल भएको छ । अमेरिकाको ह्युस्टन आधारित इन्ट्युटिभ मेसिन कम्पनीले चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गराएको हो ।

यान अवतरण गरेको पुष्टि गर्न केही समय लागेको थियो । त्यसपछि भने सहजै सिग्नल प्राप्त भएको छ ।

Dabur Nepal
NIC Asia

मिसनका उडान निर्देशक टिम क्रेनले भने, “हाम्रो उपकरण चन्द्रमाको सतहमा अवतरण भएर सूचना ट्रान्समिट गरिरहेको छ ।”

यो सफलतासँगै कम्पनीका कर्मचारीले ताली बजाउँदै खुसी मनाएका थिए । सफलतालाई अन्तरिक्षको व्यावसायिक विस्तार मात्र नभएर अमेरिकी अन्तरिक्ष मिसनका निम्ति पनि महत्त्वपूर्ण मानिएको छ ।

अमेरिका सन् १९७२ को अपोलो मिसनयता चन्द्रमामा पुगेको थिएन । अहिले त्यहाँको निजी कम्पनीले चन्द्रमामा यान अवतरण गराएको हो ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रशासक बिल नेल्सनले इन्ट्युटिभ मेसिनलाई बधाई दिँदै भनेका छन्, “अमेरिका चन्द्रमामा फर्कियो ।” बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro