
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका– १५ मा स्वयम्भू र काठमाडौं महानगरपालिका–१६ मा बालाजु शाखा सञ्चालनमा ल्याएकोे हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले गत महिना काठमाडौंको अनामनगर र शंखमुल तथा ललितपुरको सातदोबाटो र भैंसेपाटीमा पनि शाखा सञ्चालनमा ल्याएकोे थियो ।
बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६२ वटा एटीएममार्पmत सेवा दिँदै आएको छ ।