site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले अब चुनावी गठबन्धनको भारी बोक्न हुँदैन : सहमहामन्त्री आङ्देम्बे

गोदावरी । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीलाई समयले बोकाएको वैशाखी फ्याकेर नवीन बनाउनुपर्ने धारणा राखेका छन् । महासमिति बैठकको समापन कार्यक्रममा बिहीबार बोल्दै उनले सांकेतिक रूपमा कांग्रेसले अब चुनावी गठबन्धनको भारी बोक्न नहुने धारणा राखे । 

“समयले बाध्यत्मक रूपमा बोकाएको वैशाखी त्यसैलाई बुझाएर नवीन कांग्रेस, गौरवमय खुट्टा र हात बोकेर हरेक भुगोलमा भेटिने गरेर जाउँ,” उनले भने । 

सहमहामन्त्री आङ्देम्बेले कांग्रेस अब केन्द्रमा हैन भुगोल भुगोलमा भेटिनुपर्ने बताए । महासमिति बैठकले समयको धुलोले पुरेको जस्तो देखिएको पार्टीलाई खोज्ने प्रयास गरेको बताए । 

उनले वडा तहमा पुगेर कांग्रेसको खोजी भएको बताए । साथै कांग्रेस हिमाल, पहाड र तराईमा देखिनुपर्ने र टोपी धोती बख्खु लगाउने पनि कांग्रेस हो भनेर भविष्यलाई चिनाउनुपर्ने अभिभारा रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro