site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेसमा कांग्रेसको सरकार बनाऊँ, गठबन्धनबारे अहिले नबोलौँ 
Sarbottam CementSarbottam Cement

गोदावरी । नेपाली कांग्रेसका कर्णाली सभापति ललितजंग शाहीले ०८४ को चुनावका लागि अहिले नै गठबन्धन नगर्ने निर्णय गर्न नहुने बताएका छन् ।

बिहीबार कर्णाली र मधेस प्रदेशको संयुक्त छलफलको रिपोर्ट पेस गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “गठबन्धन भनेको रणनीतिक कुरा हो । तत्कालीन समयले माग गर्ने विषय हो । अहिले नै नगर्ने भनेर निर्णय गर्न हतार हुन्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

दुवै प्रदेशका महासमिति सदस्यहरूले मधेस र कर्णालीको आर्थिक विकास, कृषि र युवालाई रोजगारीको कार्यक्रम ल्याउन कांग्रेसले नीति बनाउनुपर्ने निष्कर्ष आएको पनि उनले बताए । 

“मधेस र कर्णालीमा उत्पादन वृद्धि गर्नुपर्छ । मधेसभित्रको सबै समूह र आवाजको सम्बोधन गर्न नीति तर्जुमा गर्नुपर्छ,” उनले भने ।

Global Ime bank

छलफलमा शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपमुक्त बनाउन पनि कांग्रेसले भूमिका खेल्नुपर्ने सुझाव आएको उनले सुनाए । साथै अहिलेको गठबन्धन सर्वसम्मत भएको र यसलाई इमान्दार भएर निरन्तरता दिनुपर्ने विषयमा कुरा उठेको पनि बताए । 

बैठकमा हिन्दुको नाममा राजनीति गर्न नहुने सुझाव पनि आएको बताए । समूहगत छलफलको निष्कर्ष सुनाउँदै मधेस प्रदेश सभापति कृष्ण यादवले मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । “मधेसमा ठूलो पार्टी कांग्रेस हो ।, तर सरकारको नेतृत्व पाएन । मधेसमा कांग्रेसलाई नेतृत्व गर्ने पहल गर्नुहोस्” उनले भने ।

मधेसका सभापति कृष्ण यादवले पार्टीमा अन्तर्घात बढेको सुझाव आएको बताए । “अन्तरघात हुन्छ, चुनाव हार्छ भन्ने गुनासो हुन्छ । चुनावमा जसले टिकट पाउँछ उ फिल्डमा जान्छ । टिकट नपाउने हराउन लाग्छ । जो पनि टिकट नपाएकालाई हराउने लाई केन्द्रीय नेताले प्रश्रय दिएको हुन्छ,” संयुक्त छलफलपछि उनले भने, “अनि गर्दैन अन्तरघात । अन्तरघात नगर्ने भए कांग्रेसलाई हराउन सक्दैन । यहाँ हराउनेलाई पुरस्कत हुन्छ । कांग्रेसमा खै युवा ? युवा खाली छ खै आकर्षण ? विशेष प्राथमिकता र योजना साथ युवालाई स्थान दिनुपर्छ । महाधिवेशनले धेरै साथीहरूको मन फाटेको हुन्छ । त्यसैले आमनिर्वाचन र महाधिवेशन बीच दुई वर्ष फरकमा गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement