site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस बाध्यतामा परेर संविधान जारी गर्न अग्रसर भयो : बलायर
Sarbottam CementSarbottam Cement

ललितपुर । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आफ्नो पार्टी बाध्यतामा परेर संविधान जारी गर्न अग्रसर भएको बताएका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको अन्तिम दिन बिहीबार सुदूरपश्चिम र कोसी प्रदेशको संयुक्त छलफलपछि रिपोर्ट पेस गर्दै उनले यस्तो बताएका हुन् ।

“इतिहास आफैँमा साक्षी छ, देश र हामी बाध्यतामा अवस्थामा छौँ,” उनले भने, “नेपालको संविधान सुशील कोइरालाको नेतृत्वमा लेखिए पनि हुबहु कांग्रेसको चाहना हैन । चाहना छैन । राजनीतिक सहमतिको दस्ताबेज संविधान हो । हामी एकल निकास दिन सक्ने अवस्थामा छैनौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

१० वर्षे सशस्त्र द्वन्द्वको अवस्था बुझेर नै बृहत् शान्ति सम्झौता गरिएको उनले उल्लेख गरे । “हिजो गिरिजाप्रसाद कोइरालाले माओवादीलाई जंगलबाट ल्याएर निकास नदिएको भए मुलुकको हालत के हुने थियो ?,” उनले भने, “देशको वस्तुस्थिति बुझेर बृहत् शान्ति सम्झौताको माध्यमबाट हुने क्षति न्यूनीकरण भयो । जंगलमा रहेको माओवादीलाई संसद्भित्र हामीले लगेको हो ।”

उनले महासमिति बैठकमा प्रतिनिधिले राखेका अभिव्यत्ति र सुझाव दस्ताबेजका रूपमा पार्टी कार्यालयमा रहने पनि बताए । अहिले देशको राजनीति अप्ठ्यारो अवस्थामा रहेको र विपक्षीबाट घेराबन्दी भइरहेको बलायरको भनाइ छ ।

Global Ime bank

अहिले महासमिति बैठकको समापनसत्र जारी छ । छलफलको प्रतिवेदन पेस गरिँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement