site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘बजारी महिलासँग सम्बन्ध राखेजस्तो...’ भनेपछि कांग्रेस बैठकमा तनाव

गोदावरी । नेपाली कांग्रेसको महासमित बैठकमा तनाव उत्पन्न भएको छ ।

बिहीबार वाग्मती प्रदेश र गण्डकी प्रदेशको संयुक्त छलफलमा धादिङबाट महासमिति सदस्य रहेका बाबुकृष्ण सापकोटा बोलेका थिए । उनले सभापति शेरबहादुर देउवा र इतर समूहका नेता शेखर कोइरालबीचको सम्बन्ध, सभापतिको व्यवहारको आलोचना गर्दै थिए ।

“गृहलक्ष्मीलाई बेवास्ता गरियो । सभापतिबाट बजारी महिलासँग सम्बन्ध राखेजस्तो अन्यन्त्र सहकार्य गरियो...,” उनले भने । सभापतिको निर्वाचनमा पराजित निकटतमलाई वरिष्ठ नेता दिने प्रचलन हटाइएको विषयमा उनको टिप्पणी थियो ।

सापकोटा आफ्नो भनाइ राखेर मञ्चबाट बाहिरिँदै थिए । त्यसै क्रममा एक महिला आएर भनिन्, “महिलालाई त्यस्तो भन्ने हो ? तपाईंको भनाइ फिर्ता लिनुस्, तत्काल माफी माग्नुस् ।”

सभापतिमण्डलले सापकोटाको भनाइ रेकर्डबाट हटाइएको जानकारी गराएर छलफल अघि बढाइयो । तैपनि, हलको पछिल्लो भागमा होहल्ला र तनाव भइरह्यो । विषय हलबाहिर पुगेर समाधान गर्नुपर्ने अवस्था निम्तिएको थियो । अहिले छलफल जारी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro