site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालकुमारी घटनाबारे सांसदका प्रश्नको जवाफ दिन सरकारलाई ‘रुलिङ’
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणका बारेमा सांसदहरूले गरेका प्रश्नको जवाफ दिन ‘रुलिङ’ गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारले बालकुमारी घटनामा बेवास्ता गरेको आरोप लगाएका थिए । उक्त घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद् अवरोध समेत गरे । त्यसपछि सभामुख घिमिरेले घटनाका बारेमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको पुस १३ गते दुई युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरूले उनले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसद् बैठकमा अवरोध गरेका थिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्