site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा एमालेको विरोध, तीन मन्त्रीको राजीनामा माग 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिभिन्न प्रकरणमा मुछिएका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए ।

पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका थिए ।

विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुलाई साथमा लिएर प्रधानमन्त्रीले सुशासनको कुरा गर्न नसुहाउने उनको भनाई थियो । उनले बालकुमारी घटना हुनेबितिकै मन्त्री ज्वालाले नैतिकताका हिसावले राजीनामा दिनुपर्ने भए पनि त्यसो हुन नसकेको धारणा राखे ।

Global Ime bank

सांसद पन्तले भ्रष्टाचारको मुद्दामा पर्नासाथ यसअघिका मन्त्रीहरुले राजीनामा दिए पनि अहिले मन्त्री नै झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएको तर्क गरे । लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा  पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको भन्दै उनले विरोध गरे ।

सांसद पन्तले एमालेका मागका बिषयमा व्यवहारमा लागू नभए एमाले चूप लागेर नबस्ने चेतावनी दिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu