site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एप्पलले भन्यो– फोन भिजेमा चामलभित्र नहाल्नू, यस्तो छ सुझाव

काठमाडौं । फोन वर्षाले भिजेमा, पानीको भाँडो वा बाथरुममा खसेको अवस्थामा धेरैले त्यसलाई समातेर चामलको बोरा अथवा अन्त कतै राखिएको चामलभित्र हाल्ने गरेको पाइन्छ । फोनभित्र पसेको पानीलाई चामलले सोस्न मद्दत गर्छ भन्ने ठानेर त्यसो गर्ने गरिएको छ ।

विज्ञले वर्षौँदेखि यस्तो कार्य गलत भएको बताउँदै आएका छन् । अहिले एप्पलले पनि आधिकारिक रूपमा त्यसो नगर्न चेतावनी दिएको छ ।

Dabur Nepal
NIC Asia

“आफ्नो आइफोन चामलको बोरामा नराख्नुहोस् । त्यसो गर्दा चामलका साना कणले तपाईंको आइफोनलाई क्षति पुर्‍याउन सक्छ,” एप्पलले एक ‘नोट’मा भनेको छ । क्षतिको जोखिमसँगै चामल फोनलाई सुकाउन प्रभावकारी नहुने परीक्षणले देखाएको कम्पनीले जनाएको छ । चामलभित्र उपकरण हाल्ने चलन सन् १९४६ मा क्यामेराको पालादेखि नै सुरु भएको अनुमान गरिएको छ ।

एप्पलले आइफोनलाई बाह्य तापको स्रोत वा कम्प्रेस्ड हावा प्रयोग गरेर पनि नसुकाउन भनेको छ । यस्तै, कनेक्टरमा कपासको स्वाब वा कागज नहाल्न समेत एप्पलले आग्रह गरेको छ ।

फोनले काम नगरेको नभए तुरुन्तै बन्द गर्न र कुनै पनि बटन नथिच्न एप्पलको सुझाव छ । कपडाले पुछेर र हावा भएको कन्टेनरमा राखेर फोन सुक्खा भएपछि मात्र चार्ज गर्न एप्पलको आग्रह छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro