site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडा–११ विरुद्ध ब्याटिङमा नेपाल, टिममा चार परिवर्तन 

काठमाडौं । एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले क्यानडा–११ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । बिहीबार मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर क्यानडाका कप्तान साद बिन जफरले फिल्डिङको निर्णय गरे । घरेलु टिमलाई ब्याटिङको निम्तो दिए ।

तेस्रो खेलमा नेपाली टिममा चार खेलाडी परिवर्तन गरिएको छ । दोस्रो खेल खेलेका विवेक यादव, रिजन ढकाल, किरण ठगुन्ना र मयन यादवलाई परिवर्तन गरिएको हो । उनीहरूका स्थानमा आशुतोष घिरैया, प्रतिश जिसी, सुजन थपलिया र हेमन्त धामीले मौका पाएका छन् ।

यसअघिका दुईमध्ये दुवै टिमले समान एक खेल जितेका छन् । शृंखला १–१ को बराबरीमा छ । आज विजयी हुने टिमले शृंखलाको उपाधि पनि जित्नेछ ।

नेपाली प्लेइङ–११
सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल (विकेटकिपर), बसिर अहेमद, आशुतोष घिरैया, हेमन्त धामी, प्रतिश जिसी, राशिद खान, सुजन थपलिया, सागर ढकाल, साहब आलम र शेर मल्ल ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro