site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
देशैभर मौसम बदली हुने, काठमाडौंमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । आज देशका धेरै स्थामा बदली र पहाडी भू–भागमा वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । 

Dabur Nepal
NIC Asia

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

वाग्मती प्रदेशमा पनि वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछाने बताउँछन् । “वाग्मती प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ,” मौसमविद् लामिछाने बाह्रखरीसँग भन्छन्, “काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ ।” उनका अनुसार काठमाडौंमा दिउँसो छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

रविभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत  देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro