site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री साउद आज भारत जाँदै
फाइल तस्बिर ।   

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बुधबार (आज) भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री साउद रायसिना संवादको नवौँ संस्करणमा भाग लिन भारतको नयाँदिल्ली जान लागेका हुन् । उनले शुक्रबार उक्त कार्यक्रमलाई सम्बोधन गर्ने परराष्ट्रले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम छ । 

रायसिना संवाद एक बहुपक्षीय प्लेटफर्म हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो । 
 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro