site stats
बाह्रखरी :: Baahrakhari
देश
गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा, काठमाडौंमा के हुन्छ ? 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण बिहान गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस र वाग्मती प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । 
 
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौंमा आज बदली हुनेछ । “काठमाडौंमा आज बदली हुनेछ । अपराह्नतिर काठमाडौंमा छिटपुट वर्षा पनि हुनसक्छ । तर यो सम्भावना निकै न्यून छ,” मौसमविद् राजु प्रधानाङले बाह्रखरीसँग भने । 

Global Ime bank

उनका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज गण्डकी र मधेस प्रदेशमा धेरै परेको छ । अब यो प्रणाली कोसी प्रदेशतर्फ विस्तारै सर्दै जानेछ । “सुदूरपश्चिममा भने विस्तारै मौसम खुल्न थालेको छ,” उनले भने ।  

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu