site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘किशोर’लाई हुन्डी कारोबारमा भरियाका रूपमा प्रयोग
सुनसरीको इनरुवा नगरपालिका–४ बाट गत माघ २८ गते बरामद गरिएको नेपाली नक्कली नोट ।

बेलबारी (मोरङ) । पछिल्लो समय मोरङको सीमावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरूपमा हुन्डीको कारोबार बढ्दै गएको छ । प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ । पक्राउ परेकामध्ये १८ वर्षमुनिका छन् । उनीहरू व्यावसायिक हुन्डी कारोबारीका भरिया मात्र भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

गत कात्तिक १४ गते स्रोत नखुलेको २१ लाख ८७ हजार रुपैयाँ सीमापारिबाट ल्याउँदै गरेको अवस्थामा १६ वर्षीय भारतीय मूलका एक किशोरलाई प्रहरीले सीमानाका नजिकैबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनलाई व्यावसायिक हुन्डी कारोबारीले प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन दाहालले जानकारी दिए ।  

हुन्डीका कारोबारी विवेक गुप्ता र मनोज साहले ती बालकलाई प्रयोग गरेर सीमापारिको कालोधन हुन्डीमार्फत भित्र्याउने प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको  छ । गुप्ता र साह हाल फरार छन् । 

सोही कारोबारमा विराटनगरका केही नाम चलेका उद्योगी–व्यवसायीको पनि संलग्नता रहेको खुलेको छ । तिनै उद्योगी र व्यवसायीले भरियामार्फत हुन्डीको रकम ल्याउने र पुर्‍याउने गर्दै गरेको प्रहरीको आशंका छ । 

प्रहरीले स्रोत नखुलेको १९ लाख ९० हजारसहित सुनसरीका देवानगन्ज–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई गत पुस ११ गते जोगवनी नाकानजिकको केशलिया मार्गवाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि अनुसन्धान गर्दा साह जय माता टे«र्डस देवनगन्ज सुनसरीमा धान चामलको व्यापार गर्ने हुन्डी कारोबारी भएको पुष्टि भएको प्रवक्ता दाहालले बताए ।

केही समयअघि विराटनगर–१५ का धर्मानन्द साहलाई स्रोत नखुलेको चार लाख ७५ हजार र सोही ठाउँका रन्जित साहलाई पनि स्रोत नखुलेको नौ लाख २० हजारसहित पक्राउ गरिएकामा दुवैजना हुन्डी कारोबारीका भरिया भएको पुष्टि भयो । अवैध हुन्डीको कारोबार गर्ने सुनसरी बर्जु–३ का २४ वर्षीय उमाकान्त रायलाई पनि गत असोजमा स्रोत नखुलेको १० लाखसहित परेका थिए ।  पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरिएको प्रवक्ता दाहालले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro