site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात महिनामा २४१ उद्योगमा साढे २२ अर्ब विदेशी लगानी प्रस्ताव 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात महिनामा उद्योग क्षेत्रमा २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ । 

उद्योग विभागका अनुसार २०८० साउनदेखि माघसम्मको अवधिमा उक्त विदेशी लगानीको प्रस्ताव प्राप्त भएको हो । उक्त अवधिमा २४१ उद्योगमा विदेशी लगानीको प्रस्ताव आएको विभागले जनाएको छ । 

गत माघ महिनामा मात्र १५ वटा उद्योगमा ३४ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रस्ताव विभागले प्राप्त गरेको छ । गएको पुस महिनामा एक अर्ब ७३ करोड रुपैयाँको विदेशी लगानी प्रस्ताव आएको थियो । 

पछिल्लो सात महिनामा प्राप्त विदेशी लगानी प्रस्तावमध्ये २२६ वटा साना उद्योग, १२ वटा मझौला उद्योग र तीन वटा ठूला उद्योगको लागि प्राप्त भएको विभागले जनाएको छ । विदेशी लगानी प्रस्ताव सबैभन्दा बढी पर्यटन क्षेत्रमा रहेको छ । उक्त अवधिमा प्राप्त भएको प्रस्तावमध्ये ४५ प्रतिशत पर्यटन उद्योगमा रहेको छ । 

यस्तै, प्राप्त वैदेशिक लगानी प्रस्तावमा ३६ प्रतिशत सेवा क्षेत्र, ११ प्रतिशत उत्पादन, दुई प्रतिशत पूर्वाधार, तीन प्रतिशत सूचना सञ्चार प्रविधि र दुई प्रतिशत कृषि क्षेत्रमा रहेको छ । 

विभागका अनुसार हालसम्म नेपालका ६ हजार ९८ उद्योगमा चार खर्ब ७२ अर्ब ५८ करोड ९९ लाख ३८ हजार ३०५ रुपैयाँको वैदेशिक लगानीको प्रस्ताव आएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro