site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘सूर्यज्योति सही प्लान’ योजना : कम प्रिमियममा आजीवन बिमा, तिरेको सम्पूर्ण रकम फिर्ता हुने
SkywellSkywell

काठमाडौं । सूर्यज्योति लाइफले ‘सूर्यज्योति सही प्लान’ योजना सार्वजनिक गरेको छ । उक्त योजनामा ४० देखि ४५ हजार प्रिमियममा नै २५ लाखसम्मको बिमा गर्न सकिने कम्पनीले जनाएको छ । तर, उमेरअनुसार प्रिमियम दर फरक पर्ने बताइएको छ । जसले जीवनमा आउन सक्ने आर्थिक जोखिमको भारमा राहत दिने पनि जानकारी दिइएको छ ।

‘सही सोचौँ, सही रोजौँ’ भन्ने मूल नाराका साथ यो योजना ल्याइएको बताइएको छ । यो योजनामा थोरै प्रिमियममा नै ठूलो बिमा लिन सकिने छ । ७० वर्ष उमेर पुगेपश्चात् तिरेको सम्पूर्ण रकम फिर्ता हुने र सीमित अवधिसम्म बिमाशुल्क भुक्तानी गरी दीर्घकालीन (आजीवन) रक्षावरण रहिरहने पनि बताइएको छ । यो योजना लिँदा ७० वर्षको उमेरपश्चात् तिरेको सम्पूर्ण रकम फिर्ता हुने बताइएको छ ।

Dabur Nepal
NIC Asia

यो बिमा योजनाअन्तर्गत बिमितले ऐच्छिक तथा अतिरिक्त सुविधाहरूमा दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बिमा लाभ लिन सकिने र दुर्घटनाबाट पूर्ण अशक्त भएमा बाँकी अवधिको बिमा शुल्कमा पूर्ण छुट हुने बताइएको छ ।

बिमांकको आधारमा कम्तीमा १० वर्षसम्म मासिक अशक्त सुविधा प्रदान गरिनेछ । नेपालमै सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको आर्थिक सुरक्षा लिन सकिने पनि बताइएको छ । साथै आफूलाई आवश्यक परेको बेलामा सहुलियत दरमा नियमानुसार शुलभ दरमै ऋण लिन सकिने पनि जानकारी दिइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu