site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाले बोलाए पदाधिकारी बैठक, महामन्त्रीको प्रस्ताव सच्याउने प्रयास 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेका छन् । गोदावरीमा आजदेखि सुरु भएको महासमिति बैठक छोडेर देउवाले बूढानीलकण्ठस्थित निवासमा बैठक डाकेका हुन् । 

महामन्त्री गगन थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रस्तावबाट ‘आगामी दिनमा चुनावी गठबन्धन नगर्ने’ विषय हटाउने विषयमा छलफलका लागि देउवाले बैठक डाकेका हुन् । 

गत फागुन ३ गते केन्द्रीय समिति बैठकमा पेस गरेको प्रस्तावबाट त्यो विषय हटाउन दबाब सुरु गरेको अध्यक्ष देउवाले महामन्त्री थापासँग धेरैपटक छलफल गरिसकेका छन् । महामन्त्री थापाले भने चुनावी गठबन्धन नगर्ने विषय पार्टी हित विपरीत भए महासमिति बैठकबाटै खारेज गरिदिन चुनौती गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro