site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न सीआईबीको टोली पोखरामा

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणको विषयमा थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा पुगेको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)सहित १५ जना भने अझै फरार छन् ।

Dabur Nepal
NIC Asia

ओखलढुंगाको सुनकोसी गाउँपालिका–१ का ४५ वर्षीय जीबी राईसहित थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ । तर, उनीहरू अझै पक्राउ परेका छैनन् ।

सहकारी ठगी प्रकरणबारे पोखरा प्रहरीले अनुसन्धान गरेको थियो सो आधारमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरिसकेको छ । 

उक्त मुद्दा हाल विराचाधीन अवस्थामा छ भने पक्राउ परेकाहरू पुर्पक्षका लागि थुनामा पुगेका छन् । तर, पोखरा प्रहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि समेत पुरक जाहेरी परेपछि अनुसन्धानका लागि सीआईबीको टोली समेत पोखरा पुगेको हो ।

सीआईबीले प्रहरी निरीक्षकको कमान्डमा प्राविधिक टोली पठाएको स्रोतले बताएको छ । माघ २४ मा जीबी राईका अर्का साझेदार पूर्वडीआईजी छविलाल जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियोे ।

त्यो बेला पोखरा प्रहरीले चार वटा डाटा संकलन सर्भर बरामद गरेको थियो । त्यसबारे समेत सीआईबीको टोलीले अनुसन्धान गर्नेछ । सूर्यदर्शन सहकारीका १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको खुलेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro