site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगनले भने– उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् । 

उनले सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् । सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठनलगायत धेरै विषयमा सुधार गर्नुपर्ने भए पनि प्रधानमन्त्रीले पुनः गल्ती दोहार्‍याएको दाबी गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठिक नभएको जिकिर गरे । उनले प्रधानमन्त्री प्रचण्डलाई खुला प्रतिस्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागे पनि आफैँ झुक्किरहेको बताए । अहिले खुला प्रतिस्पर्धा भनिएपनि नियत भागबण्डाकै राखिएको बताए । 

महामन्त्री थापाले प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने बताए । प्रधानमन्त्रीले अहिले पाएको मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु रहेको थापाको भनाइ छ । 

उनले भने, "हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ । विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठन लगायतका थुप्रै विषयमा सुधार गर्नुपर्नेछ । जुन अब संसद्मा केही समयपछि आउने उच्च शिक्षालाई हेर्ने विधेयक जुन आउँछ । त्यसमा काम गरिसकेपछि यसको प्रवन्ध हुन्छ । तर, यो कानुन बन्न अझै पनि कम्तीमा एक डेढ वर्ष लाग्छ । यहाँ समस्या के भयो भने त्यो कानुन बन्नुभन्दा पहिला नै त्रिभुवन विश्वविद्यालय लगायतको सबै विश्वविद्यालयहरुको नेतृत्व रिक्त भयो । अब हामी अहिले कानुन एक वर्षपछि बनाउँला । तर, अहिले आएको नेतृत्वले त पाँच वर्ष काम गर्दछ । अर्को चारदखि पाँच वर्ष विश्वविद्यालय पहिलाको जस्तै अस्तव्यस्त हुन्छ ।" 

महामन्त्री थापाले आफूले प्रधानमन्त्रीलाई खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति उपकुलपति बनाउन बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले भागबण्डाकै आधारमा नै नियुक्ति गर्न लागिएको भन्दै आपत्ति जनाए । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्