site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पपुवा न्युगिनीको पहाडी इलाकामा जातीय भिडन्त : ६४ जनाको मृत्यु

सिड्नी । पपुवा न्युगिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

पपुवा न्युगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एंगा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ । सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन् । 

Dabur Nepal
NIC Asia

यसअघि अस्ट्रेलियाली समाचार संस्था एबीसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै मानिसको मृत शरीर रहेको हुनसक्ने बताएको थियो । 

रोयल पपुवा न्यू गिनी कान्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, “मैले एंगामा देखेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक हिंसा हो ।

एबीसी न्युजका अनुसार सन् २०२३ मा ६० जनाभन्दा बढीको ज्यान लिने आदिवासी समुदायको लडाइँ यही जनजातिसँग सम्बन्धित रहेको बुझिएको छ । 

बढ्दो जनजातीय द्वन्द्व नियन्त्रणका लागि एंगा प्रान्तमा सन् २०२२ मा केही महिनाका लागि लकडाउन गरिएको थियो । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro