site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुत्ता लगाइदिएर मुख्यमन्त्रीले गरे स्वास्थ्य स्वयंसेविकाको सम्मान
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले १४ महिला स्वास्थ्य स्वयंसेविकाका खुट्टामा आफैँले जुत्ता लगाइदिएर सम्मान गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १४ जिल्लाका एक/एक स्वयंसेविकालाई मुख्यमन्त्री कार्कीले जुत्ता लगाइदिएर सम्मान गरेका हुन् । उनीहरूलाई चाँदीको सिक्का, खादा, सम्मानपत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरियो ।

k2-1708319092.jpg
 

आफ्ना सन्तानको हेरचाह छाडेर अरूको सेवा गर्न दौडने आमाहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको मुख्यमन्त्री कार्कीले बताए । उनले भने, “गर्भमै रहेका प्रदेशका नागरिकको भरणपोषण गर्ने स्वयंसेविकाहरू सच्चा सेवक हुनुहुन्छ ।”

जिल्ला जनस्वास्थ्य कार्यालयले हरेक जिल्लाबाट एक/एक ‘उत्कृष्ट’ स्वयंसेविका छनोट गरेको स्वास्थ्यसचिव सुधा देवकोटाले बताइन् । आधारभूत स्वास्थ्य सेवामा योगदानको कदरस्वरूप सम्मान गरिएको उनले उल्लेख गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro