site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
क्यालिफोर्नियामा नेपाली सामुदायिक केन्द्र बनाउन सघाउने राज्य कोषाध्यक्षको बचन

क्यालिफोर्निया, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यकी कोषाध्यक्ष ( स्टेट ट्रेजरर) फियोना माले क्यालिफोर्नियामा नेपाली सामुदायिक केन्द्र एवं हिन्दु—बौद्ध मन्दिर निर्माणका लागि सहजीकरण गर्ने बचन दिएकी छिन्।

क्यािलफोर्निया राज्यको सान फ्रान्सिसको क्षेत्रमा नेपाली समुदायको बढ्दो अवधीका कारण सामाजिक, सास्कृतिक गतिविधि संचालनका लागि सामुदायिक केन्द्र निर्माणको माग र पहल उचित भएको भन्दै उनले यस्तो बचन दिएकी हुन्।

फियोनाले आइतबार बे एरियाको अल्वानी सहरमा क्रियटिभ नेपाल युथ अर्गनाइजेसनद्वारा सञ्चालित नेपाली भाषा कक्षाको भ्रमणपछि अभिभावकहरुको जमघट ‘चौतारी’ लाई  सम्बोधनको क्रममा यस्तो बताएकी हुन्।

अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो मध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को अगुवाईमा केन्द्र निर्माणका लागि लामो समयदेखि पहल हुँदै आएको पत्रकार दीपक दाहालले जानकारी दिएका छन् । 

चौतारीमा उपस्थित नेपाली समुदायका अगुवाहरुले सामुदायीक केन्द्र भवन निर्माणको सपना साकार पार्न साथ खोजेपछि उनले राज्य संयन्त्रभित्र न्यान्सजस्तो गैरनाफामुलक संस्थालाई सघाउने ऋण तथा अनुदानका मोडल रहेको बताइन्।

Global Ime bank

dddd-1708312881.JPG
 

अगुवाहरुले समुदायीक भवन निर्माणका लागि जग्गासमेत किनिसकेको जानकारी दिएपछि उनले तत्कालै सो जग्गाको स्थलगत अवलोकनसमेत गरेकी थिइन्।  एल सोभरान्ते क्षेत्रमा समुदायका नाममा झण्डै ७ रोपनी जग्गा छ। सो स्थानमा मन्दिरसहितको नेपाली कला संस्कृति झल्काने केन्द्र भवनका लागि गुरुयोजना बनिसकेको छ।

उनले नेपाली बालबालिकासँग आफ्ना बाबुपुस्ता चिनबाट अमेरिका आएको भन्दै आफू सानो छँदा अमेरिकामा चिनिया भाषा सिक्ने अवसर नपाएको अनुभव साटेकी थिइन्। 
अहिले विश्वकै पाचौं ठूलो अर्थतन्त्र भएको क्यालिफोर्नियाको सम्पूर्ण अर्थतन्त्र संचालनको अवसर पाएको भन्दै आफ्ना कथासमेत सेयर गरेकी थिइन्।

कार्यक्रममा बोल्दै समुदायका अगुवा एवं न्यान्सका अध्यक्ष प्रितेश कार्कीले वर्षौअघि फियोनाका अविभावकले अमेरिका आउँदै गर्दा जस्तै समस्या भोगेका थिए, अहिले नेपाली समुदायले पनि त्यस्तै समस्याको सामना गरिरहेको सुनाएका थिए।

कार्कीले ठूलो संख्यामा रहेको नेपाली समुदायका प्रमुख आवश्यकता सुनाउदै र समाधानका लागि फियोनाको साथ खोजेको बताए।

कार्कीले राज्यको यातायात विभाग (डिपाटमेन्ट अफ मोटरभइकल, डिएमभी)को अनुमति पत्र परिक्षामा नेपाली भाषालाई समेत मान्यता सूचीमा राख्न र नेपाली बालबालिकाका लागि सञ्चालिन नेपाली भाषा कक्षा सञ्चालनका लागि समेत सहयोग आवश्यक रहेको जानकारी गराएका थिए।

कार्यक्रममा न्यान्सका पूर्व अध्यक्ष ईश्वर सिटौलाले समुदायको मुल र सामूहिक चासो सामुदायिक केन्द्र भवन रहेको भन्दै त्यसमा सहयोगका लागि आग्रह गरेका थिए। सामुदायका अगुवाहरु आमोद पोखरेल, टीका लम्साल, डिल्ली भट्टराईलगायतले समुदायका सरोकारबारे अवगत गराएका थिए।

भाषा कक्षाका सहयोगीको सम्मान
नेपाली समुदायका बालबालिकालाई आफ्नो भाषा एवं सस्कृति सिकाउने उद्देश्यले सुरु गरिएको नेपाली भाषा कक्षा संचालनमा सहयोग गरेको भन्दै सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो। फियोनाले न्यान्सका अध्यक्ष एवं क्रियटिभका युथ अर्गनाइजेसनका सल्लाहकार प्रितेश कार्की, शिक्षकहरु दिपेश पाण्डे, अनिता खत्री, प्रिन्सिपल जीवन रिजाल, कक्षाका संयोजक पुण्य कार्की र क्रियाटिभ युथ अर्गनाइजेसनलाई सम्मान गरेकी थिइन्।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu