site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचित भई आएका महासमिति सदस्यलाई सहभागी नगराइए बैठक बहिष्कार गर्ने चेतावनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेस दोलखा, खोटाङ र सोलुखुम्बुका जिल्ला सभापतिहरूले निर्वाचित भई आएका महासमिति सदस्यहरूलाई बाहिर राखी महासमिति बैठक आयोजना गरिए बहिष्कार गर्ने चेतावनी दिएका छन् । आइतबार विज्ञप्ति जारी गरी उनीहरूले यस्तो चेतावनी दिएका हुन् । 

कांग्रेस महासमिति बैठक सोमबार (भोलि)देखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ । तीन जिल्लाका सभापतिहरूले विधिपूर्वक निर्वाचन/ सर्वसम्मत/निर्विरोध गराई केन्द्रीय निर्वाचन समितिसमक्ष पेस गरिएका महासमिति सदस्यहरूलाई बैठकबाट बाहिर राख्ने प्रपञ्च भएको सुनिन आएको उल्लेख गरेका छन् ।

“सिंगै जिल्लालाई महासमिति सदस्यविहीन गर्ने षड्यन्त्रलाई पराजित गरी उक्त महासमिति बैठकबाट पारित हुने प्रस्तावहरूको अपनत्व ग्रहण गर्ने व्यवस्था गरियोस् । अन्यथा, निर्वाचित भई आएका महासमिति सदस्यहरूलाई बाहिर राखी हुने महासमिति बैठकमा हामी जिल्ला सभापतिहरू भाग नलिने जानकारी गराउँद छौँ,” विज्ञप्तिमा लेखिएको छ ।

wefg-1708264022.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro