site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गम्भीर अनुसन्धानका निम्ति बधाई दिनुपर्नेमा उल्टो प्रश्न उठाइयो : प्रधानमन्त्री प्रचण्ड
Sarbottam CementSarbottam Cement

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन आफ्नो नारा नभएर संकल्प भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनी सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी भए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीका प्रश्नमा भावुक भएर जवाफ दिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले सुशासनका पक्षमा गरेका कामलाई साथ दिनुको साटो कुनै न कुनै कोणबाट प्रश्न मात्र गरिएको गुनासो समेत गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“नक्कली भुटानी शरणार्थीकाण्ड यही सरकारले छानबिन गरेको र अदालतमा मुद्दा दायर गरेको सम्मानित सदनको जानकारीमा छँदै छ । यति धेरै राजनीतिक र प्रशासनिक नेतृत्व छानबिनमा आएको इतिहासमै यो ठूलो घटना हो भन्ने मेरो ठहर छ,” पराजुलीको प्रश्नमा उनले भने, “यसमा सरकारलाई भ्रष्टाचारविरोधी सम्पूर्ण राजनीतिक दल वा नेतृतवबाट बधाई आउनुपर्नेमा यसमा पनि कुनै न कुनै किसिमले राजनीति गर्नु उचित होइन ।”

‘कुर्सी हल्लिने डर छ ?’ भन्दै पराजुलीले गरेका प्रश्नमा प्रधानमन्त्रीले आफूलाई त्यस्तो चिन्ता नरहेको बताए ।

Global Ime bank

“मलाई कुर्सी हल्लिने डर छैन । मलाई अहिले प्रतिपक्षमा भएकाहरूले प्रधानमन्त्री बनाउनुभयो । १५ दिन हो कि २० दिन हो भन्ने थियो । मैले विश्वभरिको अध्ययन पनि गरेँ, १५/२० दिन कहाँ–कहाँ सरकार ढलेका रहेछन् भनेर । छिमेकी भारतमा अटल बिहारी बाजपेयीको सरकार १३ दिनमा गएको थाहा भएपछि आनन्द भएको थियो,” उनले भने, “सम्मानित सदनलाई आफ्नो यो जनाकारी गराउनु नैतिक कर्तव्य ठानेको छु ।”

उनले कुर्सी हल्लिने डर भएको भए सरकारले कुनै पनि छानबिन नै गर्न नसक्ने बताए । “कुर्सी हल्लिने डर भएको हुन्थ्यो भने छानबिन नै हुने थिएन । विगतमा पनि थिए यी घटना, कति छानबिन भए ? माननीयजीहरूलाई थाहा छँदै छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सुशासन मेरो नारा होइन, मेरो संकल्प हो ।”

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले केही प्रतिवादीलाई थुनामा पठाएको र केहीलाई धरौटीमा रिहा गरेको उनले उल्लेख गरे । “धरौटीमा छुटेकाहरूमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भइरहेको जानकरी गराउँछु,” उनले भने ।

उनले सुन तस्करीको छानबिन आफैँले अघि बढाएको भन्दै त्यसमा पनि प्रश्न उठाइएको बताए । “सुन तस्करीको केही जानकारी पाएपछि राजस्व अनुसन्धानलाई गम्भीर अनुसन्धानका लागि निर्देशन गरेर राजस्व अनुसन्धानले पक्राउ गरेको हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धान गर्न पठाई अभियोजन समेत भइसकेको छ । विमानस्थलबाट हुने सुन तस्करीको कारण र नियन्त्रणका उपाय पत्ता लगाउन र अपराधलाई जरैदेखि उखेल्न सुझाव दिन उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोगले काम गरिरहेको जानकारी गराउँछु ।”

प्रधानमन्त्री प्रचण्डले ललितानिवास जग्गाका विषयमा हालै भएको विशेष अदालतको फैसलाका निम्ति पनि सरकारको पछिल्लो अनुसन्धानले वातावरण बनाइदिएको जिकिर गरे । “ललितानिवास प्रकरणमा सम्मानित विशेष अदालतले फैसला गरिसकेको छ,” उनले भने, “हामीले त्यो अनुसन्धानलाई कडाइका साथ अनुसन्धान नगरेको भए सायद यो परिस्थिति आउने थिएन ।”

प्रधानमन्त्री प्रचण्डले टिकटक सरकारले अचानक र एकाएक निर्णय गरेर बन्द नगरेको बताए । उनले गठबन्धन दल र प्रमुख प्रतिपक्षसँग समेत समझदारी बनाएर मात्र टिकटक बन्दको निर्णय लिइएको सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय