site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको दाबी : एमालेको मध्यपहाडी संकल्प यात्रामा मेरो पनि स्वामित्व छ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले गरेको मध्यपहाडी लोकमार्गमा संकल्प यात्रामा आफ्नो पनि स्वामित्व भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको रोस्टममा उभिएर उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा रेखांकन भएको लोकमार्गमा एमालेले संकल्प यात्रा गर्नाले स्वामित्व स्थापित हुने उल्लेख गरे । 

एमाले सांसद कृष्णगोपाल श्रेष्ठले संकल्प यात्रापश्चात आफूहरूले बुझाएको ७७२ बुँदे सुझावको कार्यान्वयन कसरी भइरहेको छ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू यो विषयमा गहन भएको जानकारी दिए । 

“प्रतिवेदन बुझ्दै मैले मेरो पनि केही न केही स्वामित्व छ भनेको थिए । यातायात सन्जाललाई जोडेर आर्थिक सामाजिक सांस्कृतिक सन्तुलित विकास गर्ने मध्यपहाडी लोकमार्ग निर्माण गर्नुपर्छ भनेर मेरो पहिलो कार्यकालमा रेखांकन प्रस्ताव पारित गरिएको थियो । त्यहाँ नेकपा (एमाले) नेतृत्वको यात्रा कही न कही म छु भन्ने हो,” उनले भने । 

साथै यो गेम चेन्जर आयोजना बनाउन १० वटा नयाँ सहर निर्माणदेखि आर्थिक, सामाजिक, पर्यटकीय, शैक्षिक, कृषिलगायत क्षेत्रको विकास आफू लागिपरेको बताए । यी विषयहरू आगामी वर्षको नीति कार्यक्रम र बजेटमा पनि समावेश गरिने प्रतिवद्धता उनले जाहेर गरे । 

“यसमा गहन छलफल सम्पन्न भएको छ भने त्यहीदिन प्रतिवेदन बुझाउने एमालेका विष्णु पौडेलसँग छलफल गरेको छु । सामूहिक छलफल भइरहेको जानकारी गराउँछु । सरकार यो विषयमा गम्भीर छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro