site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वप्रकाशको प्रतिवेदन– गठबन्धन हुँदा कांग्रेसले समानुपातिकमा ७ प्रतिशत किन गुमायो ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महासमिति बैठकका लागि महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेको समसामयिक प्रतिवेदन प्रस्ताव प्रस्तुत गरिएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकमा पेस गरिएको प्रस्तावित प्रतिवेदनमा वर्तमान सत्ता गठबन्धन चुनौतीपूर्ण सहकार्य भएको उल्लेख छ । महामन्त्री शर्माले विचार नमिल्ने पार्टीहरूसँग भएको निर्वाचन गठबन्धनले उपलब्धि हासिल भए पनि कार्यकर्ता, जनता र कांग्रेसका शुभचिन्तकहरूमा असन्तुष्टि र चुनौती बढाएको उल्लेख गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासमिति बैठकले गठबन्धनको विषयमा सुक्ष्म चिन्ता गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

“पहिलो, कांग्रेसका परम्परागत मतदाताले अन्य चिह्नमा मत दिने पार्टीले गरेको आग्रह रुचाएनन्, तिनको विश्ववासलाई पुनजागृत गर्ने,” उनले लेखेका छन्, “दोस्रो, गठबन्धनमार्फत पहिलो दल र बन्यौँ, तर समानुपातिकतर्फ २०७४ को तुलनामा हामीले करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण के हो ? पहिचान र निदानको प्रश्न ।”

गठबन्धन जोखिम र आवश्यकता दुवै भएको भन्दै महामन्त्री शर्माले प्रतिवेदनमा लेखेका छन्, “हामीभित्र रहेका स्वाभाविक दुई थरी मतलाई सुरक्षित राखेर उपयुक्त समयमा हामी निर्णयमा पुग्नुपर्छ ।”

उनले वर्तमान गठबन्धन आजको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएकाले यसमा अलमल वा अस्पष्टता नभएर स्पष्ट प्रतिबद्धता आवश्यक भएको उल्लेख गरेका छन् । गठबन्धनमा जोखिम आउन नदिन ठूलो दलको नाताले कांग्रेसले सर्तकता र सजग जिम्मेवारी अपनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्