site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फार्मेसीमा नभएको औषधि स्टोरमा भेटियो, दुई पसल सिल 

काठमाडौं । वीर अस्पताल बाहिरका दुई औषधि पसल सिल गरिएको छ । बिहीबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा मापदण्डविपरीत पाइएपछि सिल गरिएको हो । 

अस्पतालबाहिरको उपकार सेवा फार्मेसी र सत्यम् फार्मेसीमा म्याद सकिएका औषधि राखेको, महंगोमा औषधि बिक्री वितरण गरेको, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गरिएको मन्त्रालयले जनाएको छ । 

अनुगमनका क्रममा वीर अस्पतालको औषधि पसलले अधिकांश औषधि किन्न बाहिरको फार्मेसीमा पठाउने गरेको खुलेको छ । अस्पतालभित्र रहेका दुई वटा औषधि पसलले अधिकांश औषधि नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएकाले स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिए । 

अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधि स्टोरमा रहेको पाइएको थियो । स्वास्थ्यमन्त्री बस्नेतले १५ दिनभित्र वीर अस्पतालभित्रको फार्मेसी विस्तार गरी सबै प्रकारका औषधि राख्न निर्देशन दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro