site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले गुमायो सातौँ विकेट, भीम अर्धशतक बनाउनबाट ६ रनले चुके 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ ।

बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले भीम सार्कीलाई सातौँ विकेटका रूपमा गुमाएको हो । भीम २७.४ ओभरमा गेरहार्ड इरास्मसको बलमा एलबीडब्ल्यूको धरापमा परे । भीमले नेपाली टिमको स्कोरबोर्डमा ४४ रन थपे । अर्धशतक बनाउन ६ रनले चुकेका उनले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

Dabur Nepal
NIC Asia

जारी खेलको २८ ओभर सकिँदा नेपालले सात विकेट गुमाएर ९४ रन बनाएको छ ।

त्यसअघि, नेपाली टिमको खातामा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले क्रमशः चार र शून्य रन थपेका थिए । अनिल साह आठ रनमा पभेलियन फर्कंदा कप्तान रोहितकुमार पौडेल एक र कुशल मल्ल १५ रनमा आउट भएका थिए । सोमपाल कामीले दुई रन थपेका थिए ।

यो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro