site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालको छैटौँ विकेट पतन, सोमपालले थपे दुई रन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालको छैटौँ विकेट पतन भएको छ ।

बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले सोमपाल कामीलाई छैटौँ विकेटका रूपमा गुमाएको हो । सोमपाल २१.४ ओभरमा गेरहार्ड इरास्मसको बलमा जान फ्रयांकलिनबाट क्याच भए । सोमपालले ६ बल खेल्दा दुई रन बनाए ।

जारी खेलको २२ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर ७३ रन बनाएको छ ।

त्यसअघि, नेपाली टिमको खातामा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले क्रमशः चार र शून्य रन थपेका थिए । अनिल साह आठ रनमा पभेलियन फर्कंदा कप्तान रोहितकुमार पौडेल एक र कुशल मल्ल १५ रनमा आउट भए ।

यो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro