site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाँच ओभर नपुग्दै नेपालले गुमायो तीन विकेट, आसिफले थपे चार रन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालका ओपनर आसिफ सेख तेस्रो विकेटका रूपमा आउट भएका छन् ।

बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले आसिफलाई चौथो ओभरको पाँचौँ बलमा गुमाएको हो । ११ बल खेलेका आसिफले एक चौकासहित चार रन थपे ।

जारी खेलको चार ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर १३ रन बनाएको छ । 

यो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्