site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा 

काठमाडौं । कुवेतविरुद्ध डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटको जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको क्वार्टरफाइनलमा टस जितेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रनको योगफल खडा गरेको थियो । ७४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि लक्ष्य घटाइएको थियो । डीएलएस पद्दतिअनुसार १२ ओभरमा ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा कप्तान इन्दु वर्मा २२ रनमा अविजित रहिन् । उनले २१ बलमा एक चौका प्रहार गरिन् । सीता रानामगरले १७ रन थप्दा कविता जोशी चार रनमा अविजित रहिन् ।

कुवेतका मर्यम ओमारले एक विकेट लिइन् ।

त्यसअघि कुवेतका लागि प्रियादा मुरालीले २९ रन बनाइन् । बालासुब्रमनी सान्ती र खाजिदा खालिलले समान १३ रन थपे । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी सीता रानामगरले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी सीताले ११ रनमात्र खर्चिइन् । रुविना क्षेत्री र कविता कुँवरले समान दुई विकेट लिए ।

अब नेपालले फाइनल प्रवेशका लागि घरेलु टिम मलेसियासँग खेल्नेछ । यी दुई टिमबीचको खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro