site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यसरी हुँदैछ त्रिविको उपकुलपति छनोट
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि यतिखेर छनोट प्रक्रिया जारी छ । यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको चारवर्षे पदावधि कात्तिक १६ गतेदेखि सकिएपछि त्रिविमा सो पद रिक्त छ । 

हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा त्रिविका शिक्षाध्यक्ष डा. शिवलाल भुसाल छन् । उपकुलपति छनोटका लागि बुधबार अन्तिम चरणमा प्रतिस्पर्धीद्वारा सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुँदैछ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दिउँसो ३ बजे प्रस्तुतीकरण गर्ने कार्यतालिका छ । सर्ट लिस्टमा परेका १४ जनामध्ये आज पाँचजनाले प्रस्तुतीकरण गर्दैछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

माघ २९ गतेदेखि सुरु भएको तालिकाअनुसार यसअघि नौजनाले सोचपत्र तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण गरिसकेका छन् । 

यसरी हुनेछ उपकुलपतिको चयन/छनोट  
शिक्षा मन्त्रालयले पहिलोपटक यो वर्ष खुल्ला आवेदनमार्फत त्रिविका उपकुलपति छनोट प्रक्रिया अघि बढाएको छ । यसअघि सर्च कमिटीले योग्यता पुगेका प्राध्यापकहरूमध्येबाट तीनजनाको नाम प्रधानमन्त्री (कुलपति)समक्ष सिफारिस गरी मन्त्रिपरिषद्ले उपकुलपति नियुक्त गर्ने अभ्यास थियो । 

Global Ime bank

यसपटक खुल्ला प्रतिस्पर्धामार्फत् उपकुलपति चयन गर्न शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य डा.चन्द्रकला घिमिरेसहित तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन भएको छ । 

समितिले उपकुलपति छनोट तथा सिफारिस कार्यविधिबमोजिम छनोट प्रक्रिया अघि बढाइरहेको छ । जसअन्तर्गत गत पुस २३ गते दरखास्त आह्वान गरेको थियो । 

उपकुलपति पदका लागि १५ दिनको अवधिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एउटा आवेदन मापदण्ड नपुगेका कारण अस्वीकृत भएको शिक्षा सचिव तथा सिफारिस समितिका सदस्य सुरेश अधिकारीले बताए । 

कार्यविधिमा उमेदवार छनोटका आठवटा मापदण्ड तोकिएका छन् । आठमध्ये शैक्षिक योग्यतामा आधारित पाँचवटा मापदण्ड (मेरिटका आधारमा) आधारमा १४ जना सर्ट लिस्टेड भएका हुन् । 

सर्ट लिस्टमा त्रिविकै पूर्वउपकुलपतिदेखि हालका निमित्त उपकुलपतिसम्म छन् । जसमा कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन् ।

सोचपत्र तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणपछि मूल्यांकनको अन्तिम प्रक्रिया अन्तर्वार्ता हुनेछ । अन्तर्वार्ताबाट छनोटमा परेका तीनजनाको नाम समितिले कुलपति एवम् प्रधानमन्त्रीसमक्ष पठाउनेछ । कुलपतिको सिफारिसमा मन्त्रिपरिषद्ले त्रिविको उपकुलपति नियुक्त गर्नेछ । 

कुन योग्यताबापत कति अंक ? 
उपकुलपति छनोटका लागि चारवटा विश्वविद्यालयका मूल्यांकन प्रक्रिया फरक–फरक रहेको पाइन्छ । त्रिविको हकमा लागु गरिएको कार्यविधिअनुसार प्राध्यापक पदमा १० वर्षको अनुभव अनिवार्य गरिएको छ, जसबापत उमेदवारले १० अंक पाउनेछन् । 

विद्यावारिधिबापत पाँच, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारी भएबापत चार, अनुसन्धानात्मक पुस्तकबापत पाँच, अनुसन्धानात्मक परियोजनाबापत ६, सोचपत्र तथा व्यावसायिक कार्ययोजनाबापत ३५, प्रस्तुतीकरणबापत २० र अन्तर्वार्तामा १५ अंक छुट्याइएको छ । 

सिफारिस समिति स्वयत्त र स्वतन्त्र हुने भएकाले मेरिटोक्रेसीमा आधारित रहेर नै छनोट प्रक्रिया अघि बढ्ने शिक्षासचिव अधिकारीको दाबी छ । समितिले निष्पक्ष ढंगले उपकुलपति छनोट गर्न गोपनीयतादेखि सबै पक्षमा संवेदनशील भएर काम गरिरहेको अधिकारी बताउँछन् ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय