site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रियालको जितमा डियाजको निर्णायक गोल 

काठमाडौं । ब्राहिम डियाजको निर्णायक गोलप्रेरित रियाल मड्रिडले यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा आरबी लाइपजिगविरुद्ध १–० को कठिन जित निकालेको छ । 

मंगलबार राति रेड बुल एरिना लाइपजिगमै भएको खेलमा डियाजे ४८औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा १४ पटकको च्याम्पियन रियालले अन्तिम–१६ को पहिलो लेगमा जर्मन क्लबविरुद्ध १–० को जित निकालेको हो । 

यी दुई टिमबीचको दोस्रो लेग अब मार्च ७ मा हुनेछ । मंगलबार राति नै भएको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले कोपनहेगनविरुद्ध ३–१ को जित निकालेको छ । 

कोपनहेगनको मैदान पार्केनमा सम्पन्न पहिलो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुयना, बर्नार्डो सिल्भा र फिल फोडेनले गोल गरे । घरेलु टिमका माग्नस म्याटसनले एक गोल फर्काएका थिए । 

यी दुई टिमबीचको दोस्रो लेग पनि मार्च ७ मा नै हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro