site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वर्गीकरण नगरेपछि कान्ति बाल अस्पतालको फोहोर संकलनमा महानगरको रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने जानकारी अस्पताललाई दिइएको महानगरकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले जानकारी दिइन् ।

"अरूलाई नमुना भएर देखाउनुपर्ने अस्पतालहरू आफैँले कमजोरी गरेको देखियो । अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो । यो गलत प्रक्रिया हो," उपप्रमुख डंगोलले भनिन्, "रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्न हुँदैन ।"

Dabur Nepal
NIC Asia

फरक प्रकृतिको फोहोर राख्न रंग संकेतको पालना नभएकाले हानिकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले स्रोतमा फोहोर छुट्टिएको, हानिकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन: प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको यकिन नभएसम्म फोहोर नउठाउने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro