site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा चर्कियो किसानको ‘दिल्ली चलो’ आन्दोलन, पञ्जाब–हरियाणा सीमामा तनाव

काठमाडौं । भारतको हरियाणा, पञ्जाब र उत्तर प्रदेशका किसानहरूले विभिन्न माग राख्दै ‘दिल्ली चलो’ आन्दोलन गरिरहेका छन् ।

यसक्रममा दिल्लीतर्फ जान खोजिरहेका किसानहरू र प्रहरीबीच पञ्जाब र हरियाणाबीचको शम्भु सीमा विन्दुमा तनाव बढेको छ ।

किसानहरूलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको र धेरैलाई हिरासतमा लिइएको बताइएको छ । अश्रु ग्यासका गोला प्रहार भइरहेको र किसान एवं मिडियाकर्मीहरूको भागदौड चलिरहेको भिडियो देखिएको एनडीटीभीले जनाएको छ ।

शम्भु सीमामा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी रहेको र किसानहरूलाई तितरबितर पार्न ड्रोनबाट समेत ‘स्मोक बम्ब’ फालेको बताइएको छ ।

किसानहरू अनुहारमा स्कार्फ बेरेर धातु र कंक्रीटको बार पार गर्दै अघि बढ्न खोजिरहेको थिए । सोहीक्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरिरहेको युद्धमैदान जस्तो दृश्य देखिएको बताइएको छ ।

२२० किसान संगठन र करिब एक लाख किसानहरू मंगलबार बिहानैदेखि संघीय राजधानी दिल्लीतर्फ जान खोजेका थिए ।

यो प्रदर्शनले सन् २०२०/०२१ को किसान आन्दोलन दोहोरिनसक्ने चिन्ता बढाएको छ । त्यतिबेला दर्जनौँको ज्यान गएको थियो भने दिल्लीमा नाकाबन्दी समेत गरिएको थियो ।

अहिले पनि प्रहरीले दिल्ली छिर्ने प्रमुख नाकामा कडाइ गरिएको बताइएको छ ।

बालीका लागि न्यूनतम समर्थन मूल्य (एमएसपी) निश्चित गर्ने कानुनको कार्यान्वयन हुनुपर्ने किसानको माग छ । बजारको अनिश्चितताका कारण किसानहरूका लागि यो सबैभन्दा महत्त्वपूर्ण माग रहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro