site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
एलिना चौहान भन्छिन्– मेरो बदनाम गर्ने प्रयास भयो
तस्बिर : एलिना चौहानको फेसबुकबाट ।

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो नाम बदनाम नगर्न आग्रह गरेकी छन् । आफू ‘कट्टा हान्दिन्छु’ गीतको गायक मात्र भएको भन्दै उनले बदनाम नगर्न आग्रह गरेकी हुन् ।

‘कट्टा हान्दिन्छु’ बोलको गीतलाई चोरीको आरोप लगाइएको छ । त्यसबारे उनले आफू गायक मात्र भएको स्पष्ट पारिन् । उनले बाह्रखरीसँग भनिन्, “स्थापित गीतकार (नेत्र अर्याल)ले लेखेको गीत हो । उहाँलाई गीतका केही शब्द चोरी गरिरहनु पर्दैन भन्ने लाग्छ ।”

शब्द र बिट नै नमिल्ने गीत कसरी चोरी हुन्छ ? उनको प्रश्न छ ।

“हाम्रो गीत हिट भएपछि पपुलारिटीका लागि उहाँहरूले आरोप लगाइरहनुभएको छ । मैले स्टेज प्रोग्राममा गाएर हिट बनाएको गीत हो,” उनी भन्छिन्, “हामीले कपी गरेको भए कसरी हिट हुन्थ्यो ? पहिला आएको गीत हो भने उनीहरूकै गीत हिट हुन्थ्यो होला ।” 

‘कट्टा हान्दिन्छु’ विरुद्ध उजुरी समेत दिइएको छ । आफ्नो गीतबाट चोरी गरिएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । 

“चोरी भएको भए पनि त्यसको समाधान खोज्ने ठाउँ होला । प्रस्तोता समाज होला । त्यस्तै अर्को कुनै ठाउँ होला,” एलिना भन्छिन्, “मिडियाबाजी गरेर समस्या नै भए पनि समाधान हुँदैन । मेरो नाम दुरुपयोग गरेर हुँदैन । मलाई बदनाम गर्ने प्रयास भइरहेको छ । बिनागल्ती मैले गाली खाइरहेको छु, यो न्यायोचित होइन ।” प्रमाण भए पेस गर्न उनको चुनौती छ ।

‘कट्टा हान्दिन्छु’ मा एलिना र खेम सेन्चुरीको स्वर छ । नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीत छ । दुई हप्ताअघि युट्युबमा रिलिज गरिएको गीत अहिले पनि एक नम्बर ट्रेन्डिङमा छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro