site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको माग– बचतऋण कारोबार गर्ने सहकारी संस्थाको दर्ता तत्काल बन्द गरियोस् (पूर्णपाठ)
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था दर्ता कार्य तत्काल बन्द गर्न माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार रास्वपाका तर्फबाट बुझाइएको सुझावपत्रमा सो माग गरिएको हो ।

सहकारी र लद्युवित्त संस्थाको समस्या समाधानका निम्ति नीतिगत उपाय र योजना पार्टीका तर्फबाट बुझाइएको छ । पार्टीले बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र विस्तार अनुमति र सेवा केन्द्र स्वीकृतिको काम तत्काल बन्द गर्न आग्रह गरेको छ ।

पार्टीले नागरिकलाई सहकारीपीडित हुन नदिन कर्जा असुली न्यायाधिकरणको गठन र कर्जा सूचना केन्द्रको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । ५० करोड रुपैयाँभन्दा माथि कारोबार गर्ने सहकारीलाई तीन वर्ष नेपाल राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणमा राख्नुपर्ने सुझाव पनि दिइएको छ ।

“तरलता अभाव भएका सहकारीहरूलाई धितो राखी ऋण दिने । समस्याग्रस्त सहकारीहरूको सम्पत्ति तथा दायित्वको मूल्यांकन सम्पत्ति बिक्री गरी सहकारी सदस्यहरूको बचत रकम फिर्ता र रकम अपचलन गर्ने सञ्चालकहरूको सम्पत्ति रोक्का र जफतको प्रक्रिया सुरु गर्ने । अप्ठ्यारोमा परेका लघुवित्तका ऋणीहरूको तुरुन्तै पहिचान गरी कर्जा पुनर्तालिकीकरण तथा पुनः संरचनाको व्यवस्था गर्ने,” सुझावमा उल्लेख छ ।

सुझावपत्रको पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro