देश
काठमाडौं । कोसी प्रदेशको विराटनगरमा मंगलबार शंकास्पद वस्तु फेला परेको छ ।
विराटनगर महानगरपालिका–३ स्थित घरेलु तथा साना उद्योग कार्यालयछेउमा प्रेसरकुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर ‘डिस्पोज’ गर्ने तयारी गरिरहेको छ । खाल्डो खनेर प्रेसरकुकर राखिएको छ । घटनास्थललाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ । –न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० ११:२२
प्रतिक्रिया दिनुहोस्